भोजपुर टेम्पो संघ कम्पनि रजिस्टार को कार्यालयमा दर्ता भयको सस्था हो | यो सस्था २०७६ भाद्र २६ गते दर्ता भै सम्पूर्ण भोजपुर जिल्ला भरि रहेका टेम्पो चालक हरुको हक हितको पक्षमा आवाज उठाउने कार्य गरि| रहेको छ |
यस सस्थाले आफ्नो स्थापना काल देखि नै टेम्पो चालकहरुलाइ अत्यन्तै फाइदा हुने प्रकारका बिभिन्न गतिबिधिहरु गर्दै आयको छ | यस संघले समय समयमा श्रमजीबी टेम्पो चालक हरुमाथि हुने अन्याय बिरुद्द आवाज उठाउदै भोजपुरे टेम्पो चालक हरुको संरक्षण गरिरहेको छ |
टेम्पो संघ भोजपुर ले अब्यबस्ठित रुपमा रहेको भाडाडर लाइ न्यूनीकरण गरि भाडादरमा एकरुपता ल्याउने महत्वपूर्ण निर्णय पनि लियको छ | त्यो मात्र नभई सम्पूर्ण टेम्पो चालक हरुलाई एकताबद्द बनाई जिल्ला प्रशासन कार्यालय तथा भोजपुर नगरपालिका संग समन्वय गरि ब्यबस्थित टेम्पो स्ट्याण्डको प्रबन्ध गरेको छ |
त्यो मात्र नभई भोजपुर टेम्पो संघले दिनानुदिन बिकास भैरहेको प्रबिधिलाई आत्मसाथ् गर्दै सम्पूर्ण टेम्पो चालक तथा सेवा ग्राहीको हितलाई मध्यनजर गर्दै आफ्नो अफिसियल वेबसाइट पनि लन्च गर्ने निर्णय गरेको छ |
भुक्तानी मा हुदै आइरहेको समस्यालाई मध्यनजर गर्दै भोजपुर टेम्पो संघ भोजपुरका अध्यक्ष श्री कमल बहादुर तामांग ज्युले चाडै नै " एक टेम्पो एक QR CODE " को अबधारणालाइ अगाडी सार्नु भयको छ |